प्रधानमन्त्री दाहालले दिए सचिवहरुलाई ३० बुँदे निर्देशन, सार्वजनिक सेवा प्रवाहका विषयहरुमा बढी केन्द्रित
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिएका छन्। आज सिंहदरबारमा बसेको बैठकमा उनले सार्वजनिक सेवा प्रवाहका विषयहरुमा केन्द्रित भई सचिवहरुलाई निर्देशन दिएका हुन्। ‘यो बैठक गरिरहँदा राहदानी लिन बिहान दुई बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ। राष्ट्रिय परिचयपत्र लिने सास्ती उत्तिकै छ। त्यो परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर हामीसँग छैन,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्