मन्त्रालयको संख्या घटाएर मितव्ययी सरकार बनाउन अध्यक्ष तिमिल्सिनाको सुझाव
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल बिस्तार गरेर मितव्ययी सरकार बनाउन सरकारलाई सुझाव दिएका छन्। मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागी पार्टी धेरै भए भन्दैमा मन्त्रालयको संख्या बढाउन नहुने समेत बताए। गठबन्धनमा सहभागी सबै पार्टीले मिलेर आवश्यक मन्त्रालय मात्रै बनाइ जनताका समस्या समाधान गर्ने दिशामा लाग्न अपरिहार्य रहेको उनले औंल्याए।
प्रतिक्रिया दिनुहोस्