अमेरिकी फुटबल स्टार डैमार हैमलिनलाई मैदानमा भयो कार्डियक अरेस्ट, अवस्था गम्भिर
अमेरिकाका फुटबल स्टार डैमार हैमलिनलाई मैदानमा कार्डियक अरेस्ट (अचानक मुटुले काम नगर्ने) भएको छ। यूएस नेसनल फुटबल लीग (एनएफएल)को खेलका क्रममा विपक्षी टीमको खेलाडीसँग ठोक्किएपछि उनी मैदानमा लडेका थिए। मैदानमा लडेलगत्तै उनलाई कार्डियक अरेस्ट भएको थियो। उनको अवस्था गम्भिर रहेको जनाइएको छ। २४ वर्षीय हैमलिन बफेलो बिल्स क्लबसँग आवद्ध छन्। सिनसिनाटी बेङ्गल्सविरुद्धको खेलमा उनलाई कार्डियक अरेस्ट भएको हो। (बीबीसी)
प्रतिक्रिया दिनुहोस्