कोरोनाका सम्बन्धमा चीनले लियो कडा नीति, भन्यो– हाम्रा नागरिकलाई प्रतिबन्ध लगाए हामी पनि लगाउँछौं बेइजिङ। चीनले आफ्ना नागरिकलाई कोरोना महामारीका कारण विश्वका केही देशले यात्रामा प्रतिबन्ध लगाएपछि त्यसको विरोध गरेको छ। चीनले आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाउनेलाई जवाफी कारवाही गर्ने चेतावनी समेत दिएको छ। चीनको विदेश मन्त्रालयले चिनियाँलाई प्रतिबन्ध लगाउने देशका नागरिकलाई चीनले पनि प्रतिबन्ध लगाउने जनाएको छ। अहिले चिनियाँमाथि प्रतिबन्ध लगाउनुको कुनै वैज्ञानिक आधार नभएको समेत मन्त्रालयले जनाएको छ। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्