सर्वोच्च अदालतले जागिर थमौती गरिदिएको नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले पक्राउ गर्यो
काठमाडौं। सैनिक प्रहरीले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई नियन्त्रणमा लिएको छ। शाहीमाथि भ्रष्टाचारको आरोप लागेका कारण छानविनको लागि पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ। शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको जनाउँदै सर्वोच्चमा पुस ७ गते रिट दायर गरेका थिए। अदालतले पुस १३ गते शाहीको पक्षमा आदेश दिएको थियो। सेवामा फर्किन लागेका शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया दिनुहोस्