सुदूरपश्चिम प्रदेशमा सरकार गठनको लागि पुस २७ गतेभित्र दाबी पेश गर्न आव्हान
काठमाडौं। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीको दाबी पेश गर्न आव्हान गरेका छन्। पुस २७ गते साँझ ५ बजेसम्म दाबी पेश गर्न उनले दलहरुलाई आव्हान गरेका हुन्। संविधानको धारा १६८ को उपाधार २ अनुसार मुख्यमन्त्रीको दाबी पेश गर्न आव्हान गरिएको हो। सुदूरपश्चिममा कुनै एक दलले बहुमत नल्याएपछि दुई वा दुईभन्दा बढी दलहरुलाई मिलेर मुख्यमन्त्रीको दाबी गर्न आव्हान गरिएको हो।
प्रतिक्रिया दिनुहोस्