नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग, पाँच महिनामा पौने २१ अर्ब घाटा काठमाडौं। नेपालको तेस्रो ठूलो बैदेशिक व्यापार घाटा इन्डोनेसियासँग रहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनामा इन्डोनेसियासँग व्यापार घाटा २० अर्ब ८३ करोड ४ लाख ६२ हजार रुपैयाँ पुगेको छ। उक्त अवधिमा इन्डोनेसियाबाट नेपालले २०अर्ब ८९करोड २९लाख ८हजार रुपैयाँको वस्तु आयात गरेको छ। नेपालले भने मात्र ६करोड २४लाख ४७हजार रुपैयाँको वस्तु इन्डोनेसिया निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्