एक शतकमा पहिलो पटक अमेरिकी संसदले अध्यक्ष पाएन वाशिङ्टन। अमेरिकी संसदको इतिहासमा पछिल्लो एक सय वर्षमा पहिलो पटक बिना अध्यक्ष सदनलाई स्थगित गर्नुपरेको छ। मंगलबार रिपब्लिकन पार्टीका नेता केविन म्याकार्थी प्रतिनिधि सभाको अध्यक्ष बन्न नसकेपछि सदन बिना अध्यक्ष स्थगित भएको थियो। अध्यक्ष हुन म्याकार्थीलाई २१८ भोटको आवश्यकता थियो। रिपब्लिकन पार्टीसँग २२२सांसद थिए तर १९जनाले उनलाई साथ दिएनन्। अमेरिकी संसदमा यस्तो सन् १९२३पछि पहिलो पटक मंगलबार भएको हो।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्