सरकारमा जान एकीकृत समाजवादीले हतार नगर्ने, पुस २६ गते निर्णय लिने काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन्। पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उनको स्पष्टिकरण थियो। युवा संघ, नेपाल काठमाडौं जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पुस २६ गते सो निर्णय गर्न आफूहरु तयार रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्