कालोबजारीको कारण मुलुकको अर्थतन्त्र प्रभावित, कालोबजारी नियन्त्रण सरकारको प्रमुख प्राथमिकतामा काठमाडौं। उप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेको बताएका छन्। बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा उनले कालोबजारी गृह मन्त्रालयको लागि चुनौतिको विषय भएको समेत बताए। कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको उनले जनाए। कालोबजारी तथा कानून विपरितका काममा कुनैपनि राजनीतिक दबाब आए कारबाही गर्ने चेतावनी उनले दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्