प्रधानमन्त्रीले सचिवहरुलाई दिएको निर्देशनप्रति पूर्वप्रशासक उमेश मैनाली असन्तुष्ट, भने– कर्मचारी तर्साउने काम भयो काठमाडौं। लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं प्रशासन विज्ञ उमेश मैनालीले कर्मचारी र प्रशासनको मूल्यांकन नभइ अचानक सरकारबाट आदेश आउनाले प्रशासनमा राम्रो सन्देश नजाने बताएका छन्। प्रधामन्त्री पुष्पकमल दाहालले मंगलबार सचिवहरुलाई ३०बुँदे निर्देशन दिएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। प्रशासनमा भइरहेको समस्याको खोजि गरी त्यसको समाधान निकालेपछि मात्र यस्ता निर्देशनहरु दिनु उपयुक्त हुने उनले बताए। निर्देशनले कर्मचारी तर्साउने काम भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्