प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच आज भेटवार्ता भएको छ। भेटवार्ता नेकपा (माओवादी केन्द्र)को सिंहदरबारस्थित दलको कार्यालयमा भएको हो। भेटमा दाहालले नेपालसँग सरकारलाई विश्वासको मत प्रदान गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुअघि नेपालले युवा संघको कार्यक्रममा सरकारलाई विश्वासको मत दिने÷नदिने निर्णय पुस २६ गते मात्र गर्ने जनाएका थिए।
प्रतिक्रिया दिनुहोस्