नेप्से परिसूचक ६४.८७ अंकले वृद्धि, ३ अर्ब ५० करोडभन्दा बढीको कारोबार काठमाडौं। मंगलवार सामान्य अंकले घटेको नेप्से परिसूचक बुधवार उच्च अंकले वृद्धि भएको छ। बुधवार नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ। बुधवार कारोबारमा आएका २५८ कम्पनीको ८७ लाख ३३ हजार कित्ता शेयर ३ अर्ब ५० करोड ११ लाख रुपैयाँमा खरिदबिक्री भएको छ। नयाँ सरकार बनेर अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै शेयर बजार निरन्तर रुपमा उकालो लाग्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्