साउदी अरबमा ७४ जना नेपालीले पाए एक्जिट भिसा, दुई हप्ताभित्र साउदी छोडिसक्नु पर्ने काठमाडौं। अवैध रुपमा साउदी अरबमा रहेका ७४ जना नेपालीलाई स्वदेश फर्कन त्यहाँको सरकारले एक्जिट भिसा (वहिर्गमन भिसा) प्रदान गरेको छ। साउदीको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको दुई हप्ताभित्र साउदी छोडिसक्नु पर्नेहुन्छ। साउदीस्थित नेपाली दूतावासको पहलमा साउदी सरकारले उनीहरुलाई एक्जिट भिसा प्रदान गरेको हो। मोवाइलमा एक्जिट भिसा लागेको म्यासेज नआएमा दूतावासमा आएर आफ्नो भिसा लैजान दूतावासले भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्