दाहाल नेतृत्वको सरकारले विश्वासको मत नलिंदै कांग्रेसले घोषणा गर्यो– यो गठबन्धनको आयु लामो छैन
काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनको आयु लामो नरहेको बताएका छन्। बुधवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले वर्तमान गठबन्धन पदीय चाहनामा मात्रै सिमित रहेको आरोप समेत लगाए। गठबन्धनमा राजावादीदेखि गणतन्त्र नै ठिक हो र संघीयता बिरोधीदेखि संघीयता आवश्यक छ भन्नेसम्मको सहभागी भएकाले यो गठबन्धन लामो समय नटिक्ने दाबी उनले गरे।
प्रतिक्रिया दिनुहोस्