तालिबानको कारवाहीमा चिनियाँ नागरिकको हत्यामा संलग्न आठ जना आइएस लडाकु मारिए काबुल। तालिबानले अफगानिस्तानमा आफूलाई इस्लामिक स्टेट (आइएस)को सदस्य बताउने आठ जनालाई मारेको दाबी गरेको छ। आइएसका सदस्य बसेको स्थानमा छापामार्दा उनीहरु मारिएको तालिबानले जनाएको छ। मारिने आइएस सदस्यहरु होटल आक्रमणमा सहभागी रहेको तालिबानले उल्लेख गरेको छ। आइएसले होटलमा आक्रमण गर्दा चिनियाँ नागरिक मारिएका थिए। छापामार्ने क्रममा ७ जना आइएस सदस्यलाई पक्राउ गरिएको छ। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्