गठबन्धनले न्युनतम साझा कार्यक्रममा देशको आर्थिक अवस्थाको सुधारमा जोड दिने काठमाडौं। सत्तारुढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ। नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यले साझा कार्यक्रम आर्थिक समस्याहरुको सामना गर्ने योजनासहित आउने बताए। विगत दश वर्षमा भूकम्प, नाकाबन्दी, कोभिड–१९ र रसिया–युक्रेन युद्धको कारण अर्थतन्त्रमा समस्या देखापरेको भन्दै उनले देशको अर्थतन्त्रलाई सुदृढ गर्नेगरी नीति तथा कार्यक्रम आउनुपर्ने जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्