पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रको निष्कर्ष– राजसंस्था पुनस्र्थापना दक्षिण एशियाकै दिर्घकालीन हितमा काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र र पूर्वराजा ज्ञानेन्द्र शाहबीच डेढ घण्टा लामो भेटवार्ता भएको छ। पूर्वराजासँग भएको भेटपछि उनले बढ्दो भूराजनीतिक/आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष निकालेका छन्। ‘देशको हितलाई हेरेर,विचारभन्दा माथि उठेर,सबै पक्ष राजसंस्थाको छिटोभन्दा छिटो पुनर्स्थापनामा सहमत होउन् भन्ने कामना गर्दछु। यो नेपालका लागि मात्र नभएर, दक्षिण एशियाकै दिर्घकालीन हितमा हुनेछ,’ उनले ट्वीटरमा लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्