प्रधानमन्त्री दाहालले पेट्रोलियम पदार्थको मुल्य घटाउन दिए निर्देशन, भने– जनतालाई राहतको अनुभूति हुने गरी मुल्य घटाउ
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलिय पदार्थको मुल्य घटाउन निर्देशन दिएका छन्। बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई बोलाएर उनले निर्देशन दिएका हुन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेका कारण सोहीबमाजिक मुल्य समायोजन गरी मुल्य कटौती गर्न भनिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए। आम जनतालाई राहतको अनुभूति हुनेगरी पेट्रोल,डिजेल तथा हवाई इन्धनको मुल्य कटौती गर्न निर्देशन दिइएको उनले जनाए।
प्रतिक्रिया दिनुहोस्