न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकताः गृहमन्त्री लामिछाने काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकता दिइने बताएका छन्। । बिहीवार मन्त्रिपरिषद्को बैठकपछि ञ्चारकर्मीहरुसँग सरकारले ल्याउने साझा कार्यक्रमबारे बोल्दै उनले वर्तमान सरकार जनमतको आधारमा बनेको भन्दै जनमतको चाहाना पूरा गर्नेगरी कार्यक्रम आउने दाबी गरे। कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, सेवा प्रवाहलाई चुस्त र युवा स्वरोजगारसहितका विषयलाई समेटिने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्