विज्ञापन बोर्डलाई स्वायत्त निकाय बनाउन माग, अध्यक्ष भन्छन्– बजार बिस्तार बिना विज्ञापन व्यवसाय चल्न सक्दैन
काठमाडौं। नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डलाई स्वायत्त निकाय बनाउन माग गरेका छन्। बिहीवार काठमाडौंमा आयोजित विज्ञापन बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विज्ञापनसम्बन्धी सानातिना टिप्पणी लिएर मन्त्रालय धाउनुपर्ने व्यवस्थाको अन्त्य गर्न समेत आग्रह गरे। विज्ञापन बोर्डमा बजेटको अभाव भएको जनाउँदै उनले बजेट अभाव पूर्ति गर्न आवश्यक रहेको बताए।
प्रतिक्रिया दिनुहोस्