अवैध तरिकाले फेसबुक र इन्स्टाग्राममा विज्ञापन देखाएको भन्दै इयूले मेटामाथि गर्यो पौने ५५ अर्ब जरिवाना लण्डन। युरोपेली संघ (इयू)ले अवैध तरिकाले फेसबुक र इन्स्टाग्राममा विज्ञापन देखाएको भन्दै मेटामाथि ३९ करोड युरो (पौने ५५ अर्ब रुपैयाँ) जरिवाना गरेको छ। आइरिस डेटा प्रोटेक्सन कमिसन (डीपीसी)ले मेटाले फेसबुक र इन्स्टाग्राममा विज्ञापन देखाउन प्रयोगकर्तासँग अवैध तरिकाले अनुमति माग्ने गरेको जनाएको छ। फेसबुक र इन्स्टाग्रामको मुख्यालय आयरल्याण्डमा रहेको छ। फेसबुक र इन्स्टाग्राम मेटाको प्लेटफर्म हुन्। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्