नेपालमै उत्पादित सामग्रीहरुको निकासी गर्नसके व्यापार घाटा सन्तुलनमा आउँछः राष्ट्रपति भण्डारी काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भएको बताएकी छन्। बिहीवार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्नुपर्ने जनाइन्। नेपालमै उत्पादित सामग्रीहरु निकासी गर्नसके मात्र चुलिँदो व्यापार घाटा सन्तुलनमा आउने धारणा उनको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्