नेपाल छिट्टै मध्यम आय भएको मुलुक बन्नसक्छः नर्वेजियन राजदुत ड्रमडाल
काठमाडौं। नेपालका लागि नर्वेजियन राजदुत तोरुन ड्रमडालले सबै कुरा योजनाअनुसार भए नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकको समूहबाट मध्यम आय भएको मुलुक बन्ने बताएकी छन्। उनले नेपाललाई मध्यम आय भएको मुलुक बन्नका लागि बलियो संस्थाको निर्माण र सुशासन महत्वपूर्ण संवाहक रहेको बताइन्। सेवाग्राही संस्थाहरु संस्थागत रुपमा सुदृढ भएमात्र ती संस्थाले पदीय शक्तिको दुरुपयोग रोक्नसक्ने उनले व्यक्त गरिन्।
प्रतिक्रिया दिनुहोस्