चीनमा सेलिब्रेटीको मृत्युपछि बढ्यो कोरोनाको त्रास बेइजिङ। कोरोना महामारीको समयमा चीनमा चर्चित सेलिब्रेटीहरुको मृत्यु भएपछि सर्वसाधरणमा त्रास बढेको छ।ओपेरा गायिका चू लैनलैन र अभिनेता कुङ्ग जिनट्याङ्गको मृत्युले धेरै चिनियाँलाई आश्चर्यमा पारेको छ। सेलिब्रेटिको मृत्युको कारण नखुलाउँदा चीनले प्रस्तुत गर्दै आएको कोरोनाका कारण भएको मृत्यु हुनेको संख्याप्रति शंका उब्जेको छ। गत डिसेम्बर २१देखि २६ बीचमा मात्र चीनमा विज्ञान तथा इन्जिनियरिङ क्षेत्रसँग जोडिएका १६जनाको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्