तस्करहरुले नेपालीलाई दक्षिण अफ्रिका पुर्याई अलपत्र पार्नेक्रम बढ्यो, नेपाली दूतावासले गरायो सचेत
काठमाडौं। तस्करहरुले मोटो रकम असुलेर नेपालीलाई दक्षिण अफ्रिका पुर्याई अलपत्र पार्नेक्रम बढेपछि प्रिटोरियास्थित नेपाली दूतावासले ट्राभल एड्भाइजरी जारी गर्दै गैरकानूनी कार्यहरु नगर्न÷नगराउन भनेको छ। अफ्रिकाबाट युरोप, अमेरिका जानको लागि सहज हुने भ्रममा पारेर समेत नेपालीलाइ त्यहाँ पुर्याइएको दूतावासले जनाएको छ। भारतको विभिन्न सहर, युएई,कतार,तान्जानिया, मोजाम्बिक,केन्या,मलवी, मौरिसस,रुवाण्डा,कङ्गो लगायतका मुलुकहरु हुँदै जोखिमपूर्ण तवरले नेपालीलाई अफ्रिकामा ल्याई अलपत्र पार्ने गरेको दूतावासको भनाई छ।
प्रतिक्रिया दिनुहोस्