वैदेशिक रोजगार विभागले आइतबारबाट विराटनगर र जनपुरबाट श्रम स्वीकृति दिने काठमाडौं। बैदेशिक रोजगार विभिागले आइतबार (पुस २४ गते)बाट विराटनगर र जनपुरस्थित आफ्नो कार्यालयबाट संस्थागत र व्यक्तिगत दुवैथरी श्रम स्वीकृति दिने भएको छ। बैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई छिटो, छरितो सेवा प्रदान गर्ने उदेश्यले विराटनगर र जनकपुरबाट श्रम स्वीकृति दिन लागिएको विभागका प्रवक्ता डण्डुराज घिमिरेले बताए। यसअघि विभागले यस्तो सेवा पोखरा, बुटबल, सुर्खेत र धनगढीस्थित कार्यालयबाट उपलब्ध गर्दै आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्