राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते
काठमाडौं। सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। पुस १८ गते प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्न सुझाव दिएका थिए। सोही सुझावको आधारमा सरकारले निर्णय गरेको सरकार प्रवक्ता तथा उप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस्