अर्जेन्टिनासँग नेपालको व्यापार घाटा १४ अर्ब ४३ करोडभन्दा बढी काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा अर्जेन्टिनासँग नेपालको व्यापार घाटा १४ अर्ब ४३ करोड ५० लाख ९३ हजार रुपैयाँ पुगेको छ। उक्त अवधिमा अर्जेन्टिनाबाट नेपालले १४अर्ब ४३करोड ६१लाख १३हजार रुपैयाँको वस्तु आयात गरेको छ। नेपालले अर्जेन्टिनामा भने मात्र १०लाख २०हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। अर्जेन्टिनाबाट नेपालमा कच्चा भटमास–सनफ्लावर तेल, मकै लगायतका वस्तु आउने गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्