विद्युतीय पासपोर्टको समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने
काठमाडौं। विद्युतीय पासपोर्टको सर्भरमा देखिएको समस्या समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ। आइडिमिया कम्पनीले विज्ञ प्राविधिक टोली नेपाल पठाउन लागेको राहादनी विभागका महानिर्देशक सुरेन्द्र यादवले जनाएका हुन्। प्राविधिक टोली सोमबार नेपाल आइपुग्ने छ। पासपोर्ट सर्भरमा समस्या आएपछि केही दिनयता पासर्पोट वितरण कार्य रोकिएको छ, जसले गर्दा दैनिक सयौं सेवाग्राहीले सास्ती खेप्नु परेको छ।
प्रतिक्रिया दिनुहोस्