देउवा निवासमा कांग्रेस शिर्ष नेताको बैठक, एमाले–माओवादी गठबन्धन भत्काउन सफल होलान् त ? काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा कांग्रेस शिर्ष नेताको बैठक सुरु भएको छ।बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका नेताहरु छन्। बैठकले आगामी केन्द्रीय समितिका अजेण्ड तय गर्नेछ। बैठकमा वर्तमान एमाले–माओवादी गठबन्धन तोड्ने विषयमा पनि छलफल हुने एक नेताले बताए। सत्ताबाट हटेपछि देउवाले पहिलो पटक शिर्ष नेताको औपचारिक बैठक राखेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्