उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्दामा अदालतले अन्तरिम आदेश नदिने काठमाडौं। सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र पासपोर्ट विवाद सम्बन्धी विवादमा अन्तरिम आदेश नदिने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाईपछि सर्वोच्चले अन्तरिम आदेश नदिने जनाएको हो। सर्वोच्चमा लामिछानेविरुद्ध रिट परेपछि अदालतले दुवै पक्षलाई आज बोलाएको थियो। अमेरिकी नागरिकता/पासपोर्ट त्यागे पनि उनले प्रक्रिया पुरा नगरी पुरानै नेपाली नागरिकता/पासपोट प्रयोग गरेको आरोप उनीमाथि लागेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्