पार्टी एकता गर्न माओवादी र नेसपाले गठन गरे वार्ता समूह, होलान् प्रचण्ड र बाबुराम फेरी एउटै पार्टीमा ?
काठमाडौं। नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी(नेसपा)ले पार्टी एकता गर्न छुट्टाछ्ट्टै वार्ता समूह गठन गरेका छन्। माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समूह गठन गरेको छ। नेसपाले आज नै वार्ता समूह गठन गर्ने तयार गरेको छ। नेसपले गत मंसिरमा भएको निर्वाचनमा माओवादीको निर्वाचन चिन्ह्रमा उम्मेदवार उठाएको थियो। दुई पार्टीबीच एकता भए फेरी पुष्पकमल दाहाल‘प्रचण्ड’ र डा.बाबुराम भट्टराई एउटै पार्टीमा हुनेछन्।
प्रतिक्रिया दिनुहोस्