नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक बस्दै काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक आज विहान ११ बजेबाट सुरु हुँदछै। पार्टी केन्द्रिय कार्यालय सुविधानगरमा बस्ने राजनीतिक समितिको बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नेबारेमा छलफल गर्ने जनाइएको छ। बैठकले माओवादीसँग एकताको लागि वार्ता समूह समेत गठन गर्नेछ। साथै बैठकमा चुनावको समीक्षा, समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्