चीनले आजबाट हटायो कोरोना सम्बन्धी कडा नियम, चीन जाने नेपालीले अब क्वारेन्टिनमा बस्नु नपर्ने काठमाडौं। कोरोना महामारी नियन्त्रण गर्न चीनले दुई वर्षदेखि लागू गरेको कडा नियम आजबाट हटाएको छ। चीनको यो निर्णयसँगै अब आजबाट चीन जाने नेपाली लगायत कुनै पनि विदेशी नागरिकले क्वारेन्टिनमा बस्नु पर्ने छैन। यसअघि चीन जाने सबैले अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था चीनले गरेको थियो। नियम खुकुलो बनाएसँगै चीनले यात्राको लागि आफ्ना नागरिकलाई पासपोर्ट र भीसा दिन पनि सुरु गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्