अमेरिकालाई सबैभन्दा बढी नोक्सान गर्ने क्युबाकी जासूस रिहा
काठमाडौं। अमेरिकाले क्युबाकी एक जासूस एना मोन्टेसलाई २० वर्षभन्दा बढी कैद बसेपछि रिहा गरेको छ। अमेरिकालाई सबैभन्दा बढी नोक्सान गर्ने क्युबाली जासूसको सूचीमा उनी एक नम्बरमा रहेकी थिइन्। उनलाई पक्राउ गर्दा अमेरिकाले शीत युद्धको सबैभन्दा क्षमतावान जासूको रुपमा चित्रण गरेको थियो। ६५ वर्षीय ऐनाले करिव दुई दशक क्युबाको लागि जासूसी गरेकी थिइन्। उनी सन् २००१ मा पक्राउ परेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्