काठमाडौं आइपुगे नवनियुक्त चिनियाँ राजदूत, महत्वपूर्ण द्विपक्षीय सम्झौता कार्यन्वयनलाई प्राथमिकता दिने काठमाडौं। नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग आफ्नो जिम्मेवारी सम्हाल्न आइतबार विहान काठमाडौं आइपुगेका छन्। काठमाडौं आएलगत्तै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल र चीनबीच भएका महत्वपूर्ण सम्झौताको कार्यान्वयनमा जोड दिन बताए। उनले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने प्रयास आफ्नो रहने जनाए। चिनियाँ राजदूत होउ यान्छी आफ्नो कार्यकाल पुरा गरी फर्केपछि उनको ठाउँमा चेन आएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्