प्रधानमन्त्री दाहालसँग नेकपा एसका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष यादवले गरे भेटवार्ता काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपा एस(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी(जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन्। आइतबार सिंहदरबारस्थित नेकपा(माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो। भेटपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले दुवै दलले सरकारलाई विश्वासको मत दिनेमा विश्वस्त रहेको बताए। प्रधानमन्त्री दाहालले पुस २६ गते संसदमा विश्वासको मत लिँदै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्