सबैभन्दा बढी विदेश व्यापार वीरगन्ज नाकाबाटः पाँच महिनामा २ खर्ब ४५ अर्बको आयात, १७ अर्ब ११ करोडको निर्यात
काठमाडौं। नेपालका चालु २६ वटा सीमा–नाकामध्ये सबैभन्दा बढी वैदेशिक व्यापार वीरगन्ज नाकाबाट हुने गरेको पाइएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा वीरगन्ज नाकाबाट नेपालले २ खर्ब ४३ अर्ब ६२ करोड ११ लाख ३८ हजार रुपैयाँको वस्तु आयात गरेको छ। सोही समयमा वीरगन्ज नाकाबाट नेपालले १७अर्ब ११करोड ९१लाख ७७हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
प्रतिक्रिया दिनुहोस्