सरकारलाई डा. गोविन्द केसीको प्रश्न– सरकारमा अपराधीको ठाउँ कहाँ हो? काठमाडौं। डा. गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको वर्षदिन बितिसक्दा पनि अनुसन्धानको कठघरामा समेत उभ्याउन नसकेको आरोप लगाएका छन्। महिला अधिकारकर्मीहरुले माईतीघर मण्डलामा आज आयोजना गरेको विरोध प्रदर्शनमा सरकारले अपराधीलाई कारबाही गर्नुपर्नेमा उल्टै सांसद बनाएर राखेको उनले बताए। ‘अपराधीलाई कारबाही गर्ने ठाउँमा सांसद बनाउने भनेपछि अपराधीको स्थान कहाँ हो? पार्टीमा हो कि जेलमा हो?,’ डा. केसीले प्रश्न गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्