अधिकारकर्मीहरुले माइतीघरबाट सोधे– महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यु महिलाहरु सुरक्षित हुने कहिले? काठमाडौं। निर्मला कुर्मीको न्यायका लागि माईतीघर मण्डलमा आज विरोध प्रदर्शन भएको छ। आइतबार महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलमा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनका क्रममा उनीहरुले ‘महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यु महिलाहरु सुरक्षित हुने कहिले? महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो?’ लगायतका प्लोकार्ड बोकेर सांकेतिक बिरोध जनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्