सबै सदस्य राष्ट्रहरुबीच सहमती जुट्न नसक्दा सार्कलाई सक्रिय बनाउन सकिएनः परराष्ट्र सचिव पौड्याल काठमाडौं। परराष्ट्र सचिव भरतराज पौड्यालले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन प्रयत्नहरु जारी रहेको बताएका छन्। आइतबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उनले सबै सदस्य राष्ट्रहरुबीच सहमती जुट्न नसक्दा सार्कलाई सक्रिय बनाउन नसकिएको जनाए। सचिव पौड्यालले सबै सदस्य राष्ट्रहरुको सहमतीमा मात्रै सार्कलाई अघि बढाउन सकिने आधारभूत सिद्धान्त रहेको स्पष्ट पारेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्