बैंकहरुले कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई दिए १० अर्ब २१ करोड ब्याज छुट काठमाडौं। बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई बैंकहरुले १० अर्ब २१ करोड रुपैयाँ ब्याज छुट दिएको दाबी गरेका छन्। आइतबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले बैंकहरुको स्वपुँजी २०७९ कार्तिक मसान्त सम्ममा ७ खर्ब ५४ अर्ब रुपैयाँ पुगिसकेको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्