मानवअधिकार आयोगले दियो निर्मला पन्तलगायतको बलात्कार सम्बन्धी घटनाको अनुसन्धान प्रभावकारी बनाउन निर्देशन राष्ट्रिय मानवअधिकार आयोगले आज सरकारलाई पत्र पठाउँदै बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरुको अनुसन्धानलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ। बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरुमा वृद्धि हुँदै गइरहेको सन्दर्भमा पीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगले निर्देशन दिएको हो। आयोगले निर्मला पन्तको घटनामा गृहले पुनः अनुसन्धान प्रक्रिया सुरु गरेकोलाई सकारात्मक बताएको छ। कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कार पश्चात हत्या भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्