एक वर्षमा २३ सय ८० महिला तथा किशोरी बलात्कृत, तत्काल कारवाही पक्रिया अघि नबढ्दा दोषीको पहिचान हुन सकेन काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले बलात्कारका घटना बढ्दै गरेको र दोषीहरुको पहिचान हुन नसकेकोमा चिन्ता व्यक्त गरेको छ। आयोगले आज सरकारलाई पठाएको पत्रमा गतवर्ष मात्र २हजार ३८०महिला÷किशोरी बलात्कारको घटनाबाट पीडित भएको जनाएको छ। घटनाका अधिकांश दोषीहरु पहिचान हुन नसकेको र तत्काल कारवाही गर्न नसकिएको देखिँदा यस्तो हिंसालाई सम्बोधन गर्न सातै प्रदेशमा विधि विज्ञान प्रयोगशाला शीघ्र स्थापना गर्न आयोगले सरकारलाई भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्