कतारसँग नेपालको व्यापार घाटा साढे ८ अर्ब नाघ्यो
काठमाडौं। खाडी राष्ट्र कतारसँग नेपालको व्यापार घाटा ८अर्ब ५८करोड ३४लाख ५१हजार रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपालले उक्त घाटा व्यहोरेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा कतारबाट नेपालले ८अर्ब ६२करोड १लाख २६हजार रुपैयाँको वस्तु आयात गरेको छ। नेपालले भने उक्त अवधिमा मात्र ३करोड ६६लाख ७५हजार रुपैयाँको वस्तु कतारमा निर्यात गरेको छ।
प्रतिक्रिया दिनुहोस्