इन्धनको मूल्यसँगै हवाई भाडा पनि घट्यो
इन्धनको मूल्यसँगै हवाई भाडा पनि घट्यो
काठमाडौं। हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई उडानको भाडा पनि घटेको छ। वायुसेवा सञ्चालक संघकाअनुसार पुस २७ गतेदेखि लागू हुनेगरी हवाई भाडा घटाइएको हो। सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा ८८५ रुपैयाँले घटेको छ। नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य घटाएको थियो। जसअनुसार हवाई इन्धन आन्तरिकतर्फको मूल्य लिटरमा २० रुपैयाँ घटेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्