कांग्रेस, एमाले र माओवादीका कार्यकर्ता नभएकै कारण रेशम चौधरीमाथि झुटा मुद्दा लगाइयोः अध्यक्ष रञ्जिता श्रेष्ठ काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले काँग्रेस, एमाले र माओवादी जस्ता ठूला दलका कार्यकर्ता नभएकै काराण रेशम चौधरीमाथि झुटो मुद्दा लगाइएको बताएकी छन्। सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले निर्दोष थारुहरुलाई झुटो मुद्दामा कारागारमा थुन्न नमिल्ने बताइन्। थारु भएकै कारण रेशम चौधरी लगायतका थारुहरुमाथि मुद्दा लगाएको भन्दै उनले आपत्ति समेत जनाइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्