विपद्का घटनाबाट करिव नौ महिनामा दुई अर्बभन्दा बढीको आर्थिक क्षति काठमाडौं। विपद्का घटनाले करिव नौ महिनामा २अर्ब १करोड ५९लाख ६०हजार ९१५रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९वैशाख १ गतेदेखि पुस २४ गतेसम्ममा विपद्का घटनाले उक्त क्षत्ति गरेको हो। विपद्का घटनामध्ये सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ। आगलागीका घटनाबाट १अर्ब ८२करोड ७३लाख ९५हजार ६४० रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्