मलेसियामा अलपत्र परेका १३ जनालाई दुई चरणमा नेपाल फर्काइने
काठमाडौं। मलेसियाको पीआएस फरेस्ट म्यानेजमेन्ट (एम) एसडीएन कम्पनीमा काम गर्न गएका १३जना नेपालीलाई स्वदेश फर्काइने भएको छ। रोजगारदाता कम्पनीले करार सम्झौता अनुसार सेवा–सुविधा नदिएपछि उनीहरुले कम्पनी छोडेका थिए। त्यसपछि मलेसियास्थित नेपाली दूतावासले उनीहरुलाई मलेसिया पठाउने त्रिवेणी एच.आर.सोलुसन प्रा.लिका पतिनिधिसँग छलफल गरेको थियो। छलफलमा उनीहरुलाई स्वदेश फर्काउन सहमत भएपछि ६जनालाई मंगलबार र ७जनालाई शुक्रबार नेपाल फर्काउन लागिएको दूतावासले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्